तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङको पोल्टामा



बुटवल। 

२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडेनदेथका आधारमा विजेताको टुगो लगाएका हुन।

खेलको निधारित समयमा समान १ एक गोल भएपछि खेललाई पेन्नाल्टी सुटमा लगिएको थियो । पेन्नाल्टी सुटमा  पनि समान चार ४ गोल गरेपछि खेल सडेनदेथमा लगिएको थियो ।

खेलको ५४ औ  मिनेटमा मनाङ मरयाङ्दीका कोफी टिमोथेले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका थिए । एक गोल खाएर रनथनीयको  सुदूरपश्चिम ११ ले खेलको ७६ औ  मिनेटमा खेलाडी फाल्गुराम थारुले उत्कृष्ट गोल गरेसँगै  खेल बराबरीमा पुगेको थियो । बाकी अवधिमा दुई  टिमबाट गोल गर्ने प्रयास भएता पनि थप गोल कुनै टिमबाट हुन सकेन ।अन्ततः खेल ९ आठको अन्तरमा मनाङको पोल्टामा उपाधि कब्जा भयो ।

उपाधि चुमेसंगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पाएको छ भने  उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको हो । प्रतियोगितामा विजेता र उपविजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पुरस्कार प्रदान गर्नु भएको थियो । २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदुरपश्मिका पाल्गुराम थारु घोषित हुँदै स्कुटर पुरस्कार प्राप्त गरेका छन् भने वेस्ट गोलकिपर जियानाथ शेखले हात पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्