बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त



काठमाडाैं ।

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् । पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए ।

लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो । नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै अाएका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजनकाे बुन्डेस लिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । युलियनको बर्खास्ती पछि बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्