दलित छात्राबास र छात्रवृत्ति नगरपालिकाको बेवास्ताका कारण रोकियो



धादिङ ।

नीलकण्ठ नगरपालिकाको वेवास्थाका कारण बजेट दलिचत छात्रवृत्ति र दलित छात्राबास भवन अलपत्र परेको छ ।

नगरपालिकाले बजेट विनियोजन गरेर पनि दलित छात्रवृत्ति रोकिएको छ । तिनवर्ष पहिले देखि दलितहरुको उच्च शिक्षामा पहुँच पुर्‍याउन नीलकण्ठ नगरपालिकाले बजेट विनियोजन गर्दै आएको भएपनि अझैसम्म वितरण गर्न सकेको छैन ।

उच्च शिक्षा सम्म निशुल्क शिक्षा पाउनुपर्ने दलितको अधिकार सुनिश्चित गर्नका लागि स्थानीय विद्यालयले लिने गरेको शुल्क मिनाहा गर्न माग गर्दै स्थानिय सरकार संचालन भएदेखि दलित समुदायले माग गर्दै आएका थिए ।

विभिन्न चरणमा आन्दोलन समेत गरि नगरपालिकासंग दलितलाई छात्रवृत्ति दिन सहमति भएको थियो । सहमति अनुसार नगरपालिकाले बजेट विनियोजन गरेपनि तीन वर्ष पहिले कार्यविधि अभावमा छात्रवृति नदिएको दलित समुदायको शिक्षामा पहुचका लागि अभियान संचालन गररहनु भएका गोपाल विकले बताउनुभयो ।

दलित समुदायका व्यक्ति हरुलाई छात्रवृत्ति दिने भनेर पनि नदिएर संवैधानिक अधिकारको नीलकण्ठ नगरपालिकाले उल्लंघन गरिरहेको सामाजिक अभियनता श्याम मगरातीले जातिय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका अबसरमा बताउनुभयो ।

सबैभन्दा पछाडि पारिएको समुदायको लागि सुरुमा कार्यक्रम गर्नुपर्ने, समावेशी सिद्धान्त अनुसारको काम गरनुपर्नेमा नगरपालिकाले बजेट छुट्याएर पनि कार्यान्वयन नगरेकोले मानवअधिकार विरोधी काम भएको अधिकारकर्मी बेगबहादुर सुनारको भनाइ छ ।

नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि बजेट छुट्याएको थियो । गतवर्ष दलित छात्रवृत्तिको लागि कार्यविधि बनायो । बजेट कार्यान्वयन गरेन । नगरपालिकाले छात्रवृत्ति दिन्छ भनेर बसिरहेका गरिव दलित समुदायले केवल आशामा मात्र सिमित भए ।

यसवर्ष पनि दलित छात्रवृत्तिका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । कार्यविधि तयार छ । तर निवेदन आव्हान गरेर पनि छात्रवृत्ति रोकिएपछि दलित समुदाय शशंकित भएका छन् ।काम गरेको छु भनेर भाषण गर्ने मेयरसाप, व्यवहारमा काम गर्न कसले रोक्योरु दलितको भोटले जितेर दलित समुदायको एउटा पनि काम नगर्नेरु दलित अगुवा गोपाल विकले आक्रोस पोख्नुभयो ।

नगरपालिकाको कार्यविधि अनुसार वार्षिक रुपमा कक्षा ९(१२ अध्यायन गर्नेलाई ८ हजार, स्नातक अध्यायन गर्नेलाई १२ हजार रुपैया, स्नातकोत्तर अध्यायन गर्नेलाई १५ हजार, प्राविधिक अध्यायन गर्नेलाई ५० हजारसम्म र एमविविएस, विएन, बिई अध्यायन गर्नेलाई १ लाख रुपैया दलित छात्रवृत्ति दिने उल्लेख छ ।

नगरपालिकाले कक्षा ११ र सो भन्दा माथि अध्यायन गर्नेलाई भनेर दलित छात्रवृत्ति वितरण गर्ने बताएको छ । नीलकण्ठ नगरपालिकाभित्र ईसिडिदेखि कक्षा १२ सम्म अध्यायन गर्नेको संख्या ३ हजार ५ सय ८३ जना दलित बालबालिका रहेका छन् भने कक्षा ११ र १२ मा २ सय ५७ जनामात्र रहेको नगरपालिका श्रोतव्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख दिपक विकले दलित छात्रवृत्ति व्यवस्थापन समितिमा केही सदस्य मनोनित गर्न नसकेका कारण छात्रवृत्ति वितरण हुन नसकेको बताउनुभयो । केहिसमय अघि नगरपालिकाले सुचना प्रकाशित गरि छात्रवृत्ति आवस्यक पर्नेले विद्यालयमा निवेदन दिन आव्हान गरेको थियो तर विवाद आयो भनेर निवेदन समेत विद्यालयहरुमा थन्किएको छ । नगरपालिकाले समानुपातिक सहभागिता अनुसार सुचना नगरेको र जिल्ला भरकालाई नगरपालिकामा अध्यायन गर्ने सबै दलितलाई छात्रवृत्ति दिनुपर्ने दलित समुदायको माग रहेको छ ।

नीलकण्ठ नगरपालिकाको ६५ लाख खर्च गरेर बन्दै गरेको दलित छात्राबास भवन समेत अलपत्र परेको छ । नेपाली काग्रेसका नेता समेत रहेका गोपाल विक अध्यक्ष रहेको दलित सशक्तीकरण संघले खरिद गरेको जग्गामा छात्राबास बनाउन सुरु गरिएको थियो । नगरपालिका प्रमुख भिमप्रसाद ढुंगाना नेपाली काग्रेस नेता भएकाले सहज होला भन्ने अनुमान गरिएको थियो ।

तर नेताहरुको पार्टीमा फरक धार भएका कारण छात्रावास भवन बाहिरि गारो लगाएर छाडिएको छ । यसवर्ष नगरपालिकाले बजेट छुट्याएन भने गतवर्ष प्रदेश सरकारे उपलब्ध गराएको १५ लाख रुपैयाँ समेत फिर्ता पठाएर दलित समुदायकै अपमान गरेको आरोप विक को छ ।

प्रतिक्रिया दिनुहोस्