अमेरिकी डलरको मूल्य घट्दा युरो बढ्यो



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य  १३२ रुपैयाँ ५६ पैसा तोकिएको थियो । बुधबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ। बिहिबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो। बिहिबारको तुलनामा आज युरो ४८ पैसाले बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६२ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४४ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमा आज ४२९ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८१ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्