बहावसँगै सुगासँग जोडिएको सुरक्षाको साइनो



आगामी चैत २४ गते रिलिजमा आउन लागेको फिल्म बहावलाई लिएर अभिनेत्री सुरक्षा पन्त उत्साहित छिन्। बहावको शीर्ष भूमिकामा देखिन लागेकी उनले यो एउटै फिल्ममा तीन प्रकारको भूमिकामा अभिनय गरेकी छन्।

एउटी प्रेमिका, विद्रोही र साइको चरित्र गरी तीनप्रकारको भूमिकामा अभिनय गरेकाले मात्र नभई, फिल्मको सुटिङका क्रममा सुगासँग गाँसिएको साइनोका कारण पनि उनी यो फिल्मलाई लिएर उत्साहित छिन्। फिल्ममा सुरक्षा सुगासँग संवाद गरेको र निकट रहेको देखिन्छिन्। चितवनमा भएको फिल्मको दुईमहिने वर्कसप र सुटिङका क्रममा सुरक्षाले अहिलेसम्म नगरेको नयाँ अनुभव गरिन्। त्यस क्रममा उनी सुगासँग नजिकिइन्। ञहामी जनावर भन्नेबित्तिकै छिःछिः र दूरदूर गछौँ। म सुगासँग दुई महिना वर्कसपमा बसेँ । त्यस अवधिमा सुगासँगको मेरो अनुभव केही फरक रह्यो, सुरक्षाले सुनाइन्, ञमैले सुगा बाहिर निस्कियोस् भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन। उसमा अन्योल थियो, डर पनि हुँदोरहेछ। सुगाले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो। पशुपंक्षीमा आफैमा अनौठो किसिमको गुण हुँदोरहेछ। फिल्मको कथा पनि केही हिसाबमा सुगासँग मिल्छ।

सुरक्षाको अनुभवमा शुरुमा सुगा उनीसँग नजिकिन मानेन, तर विस्तारै नजिक आउन थाल्यो। शुरुमा सुगा मसँग नजिकिन मानेन। तर, ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो। जबकि, मबाहेक अन्य व्यक्तिसँग सुगा नजिकिएनु, सुरक्षाले सुनाइन्, ञविस्तारै मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो। राति सुत्दा पनि मेरो सिरानी छेउमा रहेको स्ट्यान्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो।

फिल्मको सार्वजनिक टझेलरमा सुरक्षाले सुगासँग तलाई उड्न मन लाग्दैन हो ? भनेर सोधेकी छन्। तर, सुरक्षाको अनुभवमा सुगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर हुन्छ। सुगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ। अथवा उसको गन्तव्य निश्चित छैन। किनकि, ऊ पिँजडाभित्रै रमाइरहेको छु, सुरक्षा भन्छिन्। सुरक्षाले आफू फिल्मको अर्को सुगा भएको दाबी गरिन्। ञम घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन। म बहावको अर्को सुगा हुँ, उनले भनिन्।

स्वर्णिम इन्टरटेनमेन्ट र यङ स्टार सिनेमाको प्रस्तुतिमा श्रीधर पौडेलद्वारा निर्मित फिल्ममा प्रमोद कँडेलको लेखन र निर्देशन रहेको छ। जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् भने वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्