नृत्य कलाकारको पारिश्रमिक बढाइने



नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो तथा लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा हालै बसेको बैठकले नृत्य कलाकारको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी नेपालीका साथमा सबैखाले भाषाभाषीका फिल्मका गीतका लागि एउटा गीतको प्रतिव्यक्ति एक दिनमै छायांकन सकिएमा तीन हजार रुपियाँ, २ दिन लागे पाँच हजार र तीन दिन लागे ६ हजार रुपियाँ पारिश्रमिक निर्धारण गरेको छ। त्यस्तै, म्युजिक भिडियोको हकमा एक दिनको दुई हजार र विदेशी फिल्मको प्रतिदिन तीन हजार पारिश्रमिक निर्धारण गरेको छ। संघका महा सचिव दीपेन्द्र तिमिल्सिनाले कतिपय निर्माता निर्देशकहरुले उचित पारिश्रमिक दिने गरे पनि अधिकांशले दैनिक हजारदेखि पन्ध्र सयसम्ममा पारिश्रमिकमा काम गर्न बाध्य भएको तथा फिल्म र म्युजिक भिडियोमा फरक पारिश्रमिक पाउने भएकाले समानता ल्याउन उनीहरुकै मागबमोजिम पारिश्रमिक निर्धारण गरिएको बताए।

संघले नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक संघलगायत कला क्षेत्रसँग सम्बन्धित संघ सस्थालाई निर्णयबारे पत्राचार गरेको छ। नृत्य कलाकारको पारिश्रमिक वृद्धिको माग जायज भए पनि पछिल्लो समय कलाकार, प्राविधिक, निर्देशक तथा नायक नायिकाले अस्वाभाविक रुपमा पारिश्रमिक बढाएकोले आफूहरु आन्दोलनमा जान सक्ने निर्मँता संघका अध्यक्ष नवल खड्काले बताए। उहाँहरुको माग आफ्नो ठाउँमा ठीक होला, तर अहिले हिरोले ५०÷५५ लाख निर्देशकले ३०÷३५ लाख पारिश्रमिक माग्छन्। सोही फिल्मको व्यापार हेर्ने हो भने दश लाख पनि हुँदैन। प्राविधिकदेखि लिएर कलाकार र हलवालासम्मले आफूखुसी परिश्रमिक बढाएर हामी निर्मातालाई नै पेलेपछि निर्माताहरुले चाहिँ कहाँबाट पैसा ल्याएर दिने? खड्काले आक्रोशित भने। यी विषयमा फिल्म क्ष्ँेत्रका सम्बन्धित संघ संस्थाका साथ छलफल गर्ने तयारी रहेको र सोहीअनुरुप सम्पूर्ण पक्षको पारिश्रमिक निर्धारण गर्नपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्