जापान डे र फिल्म फेस्टिभल सँगै



आगामी शनिबार र आइतबार राजधानीसँगै पोखरामा जापान डे तथा फिल्म फेस्टिभल हुने भएको छ।

नेपालीमाझ जापानी संस्कृति तथा फिल्मको प्रचार गर्ने उद्देश्यले जापानी राजदूतावास र जापनिज ल्याध्र्ग्वेज टिचर्स एसोसियसनको सहकार्यमा जापान डे एन्ड फिल्म फेस्टिभलको आयोजना गरिने जापानी राजदूतावासले जनाएको छ।

शनिबार जापानी फिल्म ह्वेर आई बिलङ र मोरिङ रेसिपी तथा आइतबार कि अफ लाइफ, सिन ब्याड र एरिस्टोक्रयाट्स प्रदर्शन हुने फेस्टिभलमा विभिन्न रचनात्मक तथा चाखलाग्दा जापानी सांस्कृतिक कार्यक्रम हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्