बुद्ध नाटक महोत्सव हुने



सांस्कृतिक संस्थान र डबली थिएटरले आगामी १३ देखि १७ गतेसम्म राष्टिझय नाचघरमा तेश्रो बुद्ध नाटक महोत्सव २०२३ आयोजना गर्ने भएको छ।

संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार महोत्सवमा माया थापाको निर्देशनमा चण्डालिका, प्रशान्त बगालेको निर्देशनमा थ्रि लाफिङ मँक, निकिता गुरुङको निर्देशनमा प्रतिविम्ब, गीता थापाको निर्देशनमा पट्टाचार, वर्षा भण्डारीको निर्देशनमा पश्चाताप, सस्मिला मगरको निर्देशनमा अम्रपाली र वीरेन्द्र हमालको निर्देशनमा चक्षु गरी सात नाटक मञ्चन गरिनेछ। सबै नाटकमा संस्थानका कलाकार तथा त्यहाँ अभिनय, नृत्य, गायन र वाद्यवादन सिकिरहेका विद्यार्थीले अभिनय गर्नेछन्। ञगौतम बुद्धमाथि नाटक मञ्चन गरेर समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित महोत्सव चार वर्ष अघिबाट शुरु गरिएको रंगकर्मी तथा डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङले बताए।

महोत्सवका लागि केही महिनाअघि १५ दिनको बुद्ध नाटक लेखन कार्यशाला आयोजना गरेको तथा त्यसमा अधिकांश महिला र थोरै मात्र पुरुष रंगकर्मी सहभागी भएको र कार्यशालामा लेखिएका करिब एक दर्जन नाटकबाट सात नाटक चयन गरेको महोत्सव क्रियटिभ डिरेक्टर वीरेन्द्र हमालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्