रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष न्यौपानेविरुद्ध भित्री कारोबारको कसुरमा मुद्दा



काठमाडौँ।

रिडी हाइड्रोपावर कम्पनीको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा गुरुप्रसाद न्यौपानेविरुद्ध काठमाडौं जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो ।

न्यौपानेलाई दोषी ठहर भए ३ करोड २३ लाख बिगो र सो बराबर जरिवानासहित एक वर्ष जेल बस्नु पर्ने व्यवस्था धितोपत्र ऐनमा छ ।

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले पदमा बहाल रहँदाकै बखत २०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म सेयर खरिद बिक्री गरेको भेटिएपछि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिम जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता गरिएको बोर्डले जनाएको छ ।

गत मंसिर २४ मा बाेर्ड सञ्चालक समितिले न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको थियो। साेही निर्णयका अाधारमा मुद्दा दायर गरिएको स्राेतले बतायाे।

 

प्रतिक्रिया दिनुहोस्