धिरज र जसिताको कथा



आगामी बैशाख २१ गते रिलिज हुने फिल्म ज्याकीः आई एम ट्वान्टी वानको टिजर र फस्टलुक पोष्टरपछि गीत सार्वजनिक गरेको छ।

फिल्ममा समावेश कथा बोलको गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारद्वय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए। गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ। गीतको भिडियोमा मुख्य कलाकारद्वय धिरज र जसितालाई फिचरिङ गरिएको छ। गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो। डान्स डझामाका रुपमा बनेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको छ भने फिल्म रेनशा राई रानाले निर्देशन गरेकी छन्।

नायक धिरज मगरले आफ्नो लागि ज्याकीः आई एम ट्वान्टी वान करिअरकै विशेष फिल्म भएको बताए। नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ वर्ष समय बताइन्। निर्देशक रेनशाले ज्याकीः आई एम ट्वान्टी वान निर्माण गर्नु चुनौतीको विषय भएको बताइन्। आइकोर फिल्मस्को ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेरद्वारा निर्मित फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्