करिव १३ लाखको लागनीमा धुसेनी खानेपानी निर्माण



लमजुङ । 

लमजुङको सुन्दरबजार नगरपालिका १० मा करिव १३ लाखको लानिमा धुसेनी खानेपानी निर्माण सम्पन्न भएको छ । जिल्लाका तीनवटा पालिकामा कार्यरत गैर सरकारी संस्था सिआरएस, लुमन्ती र सप्रोस नेपालको संयुक्त कार्यक्रम पूनर्लाभ एवम् सामुदायिक उत्थानशिल (रिकभर) परियोजना अन्तर्गत १२ लाख ९८ हजार ९ सय २६ रुपैयाँको लागानीमा उक्त खानेपानी योजना निर्माण भएको हो ।

निर्माण सम्पन्न ४१ धारा सहितको धुसेनी खानेपानी योजनाको एक कार्यक्रमकोबीच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा निमार्ण सम्पन्न खानेपानी योजनाको उद्घाटन गर्दै सुन्दरबजार नरपालिका प्रमुख कृष्ण प्रसाद कोइरालाले आफूले विगतमा राजनीति शुरु गरेदेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका विकासका कार्यमा प्राथमिकता दिंदै आएकोले यस्ता कार्यक्रम संचालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

निमार्ण सम्पन्न योजनाको संरक्षण गर्ने जिम्मा उपभोक्ताहरुको रहेकोले दुरुपयोग हुन नदिई संरक्षण र मर्मत गर्न सक्ने संयन्त्र निर्माण गर्नुपर्ने वताउनुभयो । खानेपानी जीवनको प्रमुख आधार भएकोले स्रोतको संरक्षण मर्मतमा उपभोक्ता स्वयं सक्रिय भएर लाग्नुपर्ने र आधारभूत आवश्यकताका लागि लगानीको मात्र आश नगरी आगामी दिनमा आफूले पाएका अवसरलाई आयआर्जन सँग जोडेर अघि बढ्नुपर्ने नगरप्रमुख कोइरालाले वताउनुभयो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दिपकराज कंडेल, लुमन्ती र सिआरएसका ईञ्जिनियरहरु, परियोजनाका कर्मचारीहरु, नगरपालिकाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा इञ्जिनियर उज्जवल अधिकारी र रिकभर परियोजनाका प्रबन्धक भानु लिम्बुले योजनाको दीर्घकालिन संरक्षणका ध्यान दिनुपर्ने कुराहरुका वारेमा जानकारी गराउनु भएको थियो ।

जोखिममा रहेका भूकम्प प्रभावितहरुको लागि पूनर्लाभ एवम सामुदायिक उत्थानशिल परियोजना (रिकभर) अन्तर्गत सुन्दरबजार नगरपालिकाको अतिरिक्त दोर्दी र दूधपोखरीमा समेत कार्यक्रम संचालन भइरहेका छन् । परियोजना अन्र्तगत भूकम्प प्रभावित घर पुननिर्माण, बाख्रा पालन, तरकारी खेती, खानेपानी योजना निमार्ण जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको रिकभर परियोजनाका जिविकोपार्जन प्राविधिक श्रीकान्त पौडेलले जानकारी दिनुभयो ।

रिकभर परियोजना अन्तर्गत सोमबार सुन्दरबजार नगरपालिकाका प्रतिनिधिहरु सहित परियोजनाको तनहूँ क्लष्टरका कर्मचारीहरुले सुन्दरबजारको कार्यक्रम निरीक्षण समेत गरेको सिआरएसका दामोदर पोखरेलले वताउनुभयो । जस अन्तर्गत वडा नं. ७ पाउँदीमा सञ्चालित बाख्रा पालन कार्यक्रम, कुखुरापालन कार्यक्रम, घर निर्माण कार्यक्रम, सुन्दरबजार ७ कै बडहरेमा रहेको पूर्ण घर निर्माण र बाख्रापालन कार्यक्रम, तार्कुटारमा रहेको तरकारी खेती, सुन्दरबजार १० मा रहेको खानेपानी योजना लगायतका कार्यक्रमको निरीक्षण भएको हो ।

प्रतिक्रिया दिनुहोस्