बुधबार नेप्से परिसूचक १५.७६ अंकले ओरालाे



काठमाडौं  ।

सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ ।

२६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।  बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्