
हटौडा ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ ।
बुधबार बसेको कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्यपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।