प्रदीप र दिया उत्कृष्ट



राजधानीमा जारी पाँच दिने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ऐना झ्यालको पुतली उत्कृष्ट फिल्म ठहरिएको छ। सोमबार राती राजधानीमा सम्पन्न महात्सवमा नेपाली फिल्मतर्फ ऐना झ्यालको पुतली उत्कृष्ट फिल्म ठहरिएको हो।

नेपाली फिल्मतर्फ नै प्रकाश नामक फिल्मबाट पदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भए। त्यसै गरी ऐना झ्यालको पुतलीबाट सुजित बिडारी पटकथा र निर्देशक, प्रकाशबाट रानेश श्रेष्ठ छायाकनं, दुविधाबाट प्रद्युम्न मिश्र छोटो फिल्म निर्देशक, जुनको छोटो नेपाली फिल्म र द टाइगर्स ज राष्ट्रिय वृत्तचित्र घोषित भएको छ।

त्यस्तै, बंगलादेशकोअ हाउस विथ नो नेम उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, बंगलादेशको मेमोरिज अफ ग्लुमी मनसुन्स अन्तर्राष्ट्रिय फिचर फिल्म इरानको द बुक छोटो अन्तर्राष्ट्रिय फिल्म, स्लोभेनियाको द लिजेन्ड अफ गोल्डहन छोटो एनिमेटेड फिल्म र इन्डोनेसियाकोसोल्स अफ द फरेस्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री भएका छन्।

सोमबार सम्पन्न समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्व हुने चर्चा गरे।

‘सिनेमाले डिप्लोम्यासी रोल गर्छ’ मन्त्री किराँतीले निफलाई सक्दो सहयोग गर्ने वचनसमेत दिँदै भने। निफका अध्यक्ष केपी पाठकले महोत्सवको सफलताको कथा सुनाउँदै नेपालबाट उडान हुने प्रत्येक हवाईजहाजमा नेपाली फिल्म स्क्रिनिङको व्यवस्था मिलाउन सुझाए।

३५ दशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । महात्सवमा ९ ससन र तीन मास्टर क्लास गरिएका थिए। प्रा.डा. इतामी ब्रोजन (क्राएसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना) ल मास्टस क्लास सञ्चालन गरका थिए। महोत्सवको समापनअघि पहिलो सेसनअन्र्तगत हास्यव्यङ्यले हौसिएको नेपाली सिनेमामाथि बहस गरिएको थियो।

सिस्नुपानीका नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यग्यकार मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई वत्ता रहेको सेसनको संयोजन धीरेन्द्र प्रेमर्षिले गरेका थिए। बहसमा बोल्दै हास्यव्यंग्यकार मनोज गजुरेलले हास्यव्यङ्यमा विभिन्न उपविधा हुने र अधिकांशले बाहिरी हाँसो गराउने चर्चा गर्दै आपूmले भने भित्रबाट हँसाउने प्रयास गर्ने गरेको खुलाए। ‘हास्यव्यङ्य हिसाबको सूत्र होइन। पत्रकारिता चौथो अंग हो भने हास्यव्यङ्य सर्वांग हो।

पहिला म विद्यार्थी संगठनमा हुँदा त्यही संगठनको पक्ष र विपक्षमा रहेकालाई हास्यव्यङ्य गर्दथें। त्यसो गर्दा तररर ताली बज्थ्यो। त्यही भएर मलाई हास्यव्यङ्य भनेको नै त्यही हो जस्तो लाग्थ्यो’ बहसमा गजुरेलले सुनाए ‘नायक नायिकाको अगाडि हास्यव्यंग्य कलाकारलाई कमेडियन भनेर सम्बोधन गर्दा पनि मलाई बेठिक लाग्दैन। विद्या र प्रस्तुति आ–आफ्नो हो। नायक नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाइनमा अपलोड हुन्छ। तर, तिनीहरू निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन्।

तर, व्यङ्यकारको विचार मान्छेको मनमस्तिस्कमा नमेटिने छाप भएर बस्दछ।’ सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागले संसारमा दुःख र रुने कुरा धेरै तथा हाँस्ने कुरा कम भएकाले हास्यव्यग्य अफ्टेरो विधा भएको बताए। ‘हाम्रा नेताले जति धेरै खराव कुरा गर्छन्, त्यतिनै हास्यव्यंग्यको खुराक बन्छन्। कसैलाई पिरमर्कामा नपारी हास्यव्यङ्य गर्न सजिलो छैन। तर, मेरो त मनमा नै त्यही भएकाले व्यक्तिगतरूपमा मलाई असजिलो छैन’ उनले भने। फिल्म निदशक प्रदीप भट्टराईले अहिले हास्यव्यङ्यका माग भएकाले यस विधाका फिल्म चलको चर्चा गरे ।

समाजमा विकृति विसंगति धेरै भएकाले पनि यो विधा चलेको हो । पहिला पहिलो फिल्ममा हास्यव्यग्य भनेको क्वाँटी मासदाल र मस्याङ मिसाएजस्तो भएकोछ। अहिले हास्यव्यङे फिल्म बक्सअफिसमा माथि छन। फिल्म उठे तर फिल्मका धरातल उठ्यो कि उठेन भन्ने चाहिँ मूल प्रश्न हो, भट्टराईको प्रश्न थियो ।

समालोक डा. बिन्दु शर्माले भने हास्यव्यङय विषयलाई अत्यन्तै हल्का विषय बनाएर प्रस्तुत गर्ने गरिएको टिप्पणी गरिन्। ‘महिलाले निर्देशन गरेपनि महिलाको आत्मसम्मान बढाउने काम भएको छैन। महिलाले पनि पुरुष सत्ता र पितृसत्ताको मानसिकता त्याग्न सकेको देखिँदैन फिल्ममा’ उनले भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्