२ हजारले घट्यो सुनको मूल्य : प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

सुनको मूल्य बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।  बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्