छन्त्यालको नाच्न मन लाउँछ सार्वजनिक



हेटौंडा । लो कगायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्।

सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ।

गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भोजस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्