आज फागुन ८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर जनताको गतिलो समर्थन मिल्नेछ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा पनि लिन सकिनेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्