एकदिने राजा



घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो र नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट पदाधिकारीको उपस्थिति हुँदा पाटनमा घोडेजात्राको फरक रौनक थियो । मल्लकालबाट शुरु भएको यो जात्रा अहिले पनि बल्खु चिबहाःका महर्जनहरुले जीवन्त बनाइरहेका छन् । मल्ल राजाले दरबारमा काम गर्ने एक अब्बल सुसारेलाई एक दिनका लागि राजा बनाएर नगर परिक्रमा गराएको सम्झनामा यो जात्रा मनाइन्छ । बल्खु टोलको भीमसेन गुठी च्यो खलः का एक सदस्य घोडा चढेर एक दिनका लागि राजा बनी नगर परिक्रमा गर्र्दै । तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्