सल्यानमा आगलागीबाट ४ जना गम्भीर घाइते



सल्यान ।

सल्यानमा आगलागी बाट ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोला स्थित सोमबार राती एक किराना पसलमा आगलागी हुँदा ४ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीमा परेर पसलमा बसिरहेका पसल साहु २४ वर्षीय शंकर राना, सोही ठाउँका २६ वर्षका यज्ञ राना, २१ वर्षका जीवन राना, २० वर्षका संजिब शाह घाईते भएको गम्भिर प्रहरी निरिक्षक तथा सुचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।

उहाँका अनुसार ४ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाई नेपालगंज बांकेमा उपचार पछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ । उनिहरुको शरिरको सम्पुर्ण भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

घाइते मध्येका एकजना क्षेत्रमणी रानालाई भने नर्सिङहोम नेपालगंज बांकेबाट डिस्चार्ज गरिएको छ । पसलमा आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन् । आगलागीबाट किराना पसलको माल सामान जलेर नष्ट भएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्