धनगढीमा चट्याङ खसेर एक घरमा क्षती



अत्तरिया । 

धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो ।

उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पूर्ण रुपमा क्षति भएको चौधरीले बताए ।

यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१०२६ च ५१०८ नम्बर को कारमा र एउटा से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्