सिन्धुलीका ५ हजार भन्दा बढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै 



सिन्धुली ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सिन्धुलीबाट ५ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । सामुदायिक १ सय २६ वटा र निजी २३ वटा गरी १ सय ४९ वटा विद्यालयका कुल ५ हजार २ सय ४१ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।

एसइईमा नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राविधिक तर्फबाट १ सय ७७ र ग्रेडबृद्धि तर्फबाट ४१ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ ।

इकाईका अनुसार कमलामाई नगरपालिकाबाट १ हजार ३ सय २५ जना, दुधौली नगरपालिकाबाट एक हजार १ सय २ जना जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत दुर्गा भुजेलले जानकारी दिनुभयो ।मरिण गाउँपालिकाको ३ सय ९० जना, घ्याङलेख गाउँपालिकाबाट २ सय ३२ जना, गोलन्जोर गाउँपालिकाबाट ३ सय ५१ जना, फिक्कल गाउँपालिकाबाट ३ सय ३६ जना र हरिहरपुरगढि गाउँपालिकाबाट ३ सय ९ जना परीक्षार्थी एसइईमा सहभागी हुने शाखा अधिकृत भुजेलले बताउनुभयो ।

तिन पाटन गाउँपालिकाबाट ६ सय ७७ जना, सुनकोसी गाउँपालिकाबाट ३ सय ८२ जना विद्यार्थी सामेल हुने शाखा अधिकृत भुजेलले बताउनुभयो । आगामी चैत्र १७ गतेबाट सुरु हुने माध्यमिक परीक्षा एसइईको लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यालयहरूमा परीक्षार्थीहरूको प्रवेश पत्र पठाउने लगायतका परीक्षासँग सम्बन्धित तयारी अन्तिम चरणमा पुगेको शाखा अधिकृत भुजेलले बताउनुभयो । २०७८ को एसइईमा सिन्धुली जिल्लाभरबाट ५ हजार ७ सय ८७ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्