चन्द्र भण्डारीलाई सामान्य आहार दिन थालियो

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको छ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरिराखिएको छ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।