
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ ।
अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ ।
काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव ९ डिग्री सेल्सियस छ ।