रामेश युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट सम्मानित



हेटौंडा । प्रगतिशील लेखक संघ मकवानपुरले जनवादी गायक रामेश्वर श्रेष्ठ (रामेश) लाई हेटौंडामा सम्मान गरेको छ। श्रेष्ठलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट सम्मानित गरिएको हो।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नवराज शर्माले २० हजार नगदसहित सम्मानपत्रले सम्मानित गरेका हुन्। २०१८ सालदेखि गायनका माध्यमबाट जनचेतनाका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संघ अध्यक्ष श्रीराम अधिकारीले बताए। पाल्पाको तानसेनमा २००१ असार ८ गते जन्मिएका जनवादी गायक श्रेष्ठका गाउँगाउँबाट उठ, एक जुगमा एक दिन एकचोटि आउँछ, रक्तक्रान्तिको ज्वालामु खीले, गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैनजस्ता गीत लोकप्रिय छन्। यी गीत २०४६ को जनआन्दोलनपछि २०६२÷६३ को आन्दोलनमा समेत जनता उचाल्ने औजार र ऊर्जा बनेका थिए। यी गीत हाल पनि परिवर्तनका हरेक अभियानमा यी घन्किदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्