निजामती कर्मचारी अस्पतालमा तालाबन्दी, मंगलबारदेखि रिले अनसन



काठमाडौं।

निजामती कर्मचारी अस्पतालमा निर्देशक र कर्मचारी प्रशासन कक्षमा तालाबन्दी गरिएको छ। एक सातादेखि कर्मचारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

निजामती अस्पताल संचालकहरुको निर्णय अनुसार ठूलो संख्यामा कर्मचारी माग गरेको र उक्त विज्ञापनमा कर्मचारीलाई स्थायी गर्नुको सट्टा घटुवा गरी फागुन ३० गते ३ सय ५० जना भन्दा बढी कर्मचारी माग गर्दै विज्ञापन गरेको बिषयमा कर्मचारीहरुले विरोध जनाउँदै आएका हुन् ।

कर्मचारीको माग प्रति व्यवास्ता गरेको भन्दै चिकित्सक कर्मचारीले जिल्ला प्रशासन कार्यालयलाई आइतबारै लिखित जानकारी गराई सोमबार तालाबन्दी गरेको हो ।

सोमबार चिकित्सक, कर्मचारीहरुले बिरोधलाई निरन्तरता दिँदै कार्यकारी निर्देशकको कक्ष र कर्मचारी प्रशासनमा ताला लगाई बिरोध जनाएका छन् । पदपूर्ति गर्ने क्रममा व्यवस्थापनले विगतमा योगदान गर्ने कर्मचारी, चिकित्सकलाई विनियम विपरित विज्ञापन गरियो त्यसैले कर्मचारी युनियन अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासंघ र डक्टर एशोसियसनले संयुक्त रुपमा तालबन्दी गरेका छन् ।

मंगलबारदेखि रिले अनसन गर्ने कर्मचारीहरुको तयारी रहेको छ ।

 

यता नेपाल चिकित्सक सघंले पनि निजामती कर्मचारी अस्पतालको लागि आह्वान गरिएको स्थायी पदपूर्ति सम्बन्धी विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सोमबारै विज्ञप्ती जारी गरेको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा (१) को खण्ड (च) र (छ) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची–६ मा उल्लेखित एमडी, एमएस, एमडीएसका चिकित्सकहरू ९ औं र ११ औं तह हुने नियमको पालना नगरि विज्ञपन गरिएकोमा संघको ध्यानाकर्ष भएको जनाएको छ ।

निजामती अस्पताल स्थापना काल देखि स्थायी, अस्थायी करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरूको स्थायित्वमा असर पर्ने गरी छापिएको विज्ञापनमा, एमडी, एमएस, एमडीएस चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर आठौँ तहमा भर्ना खोल्ने प्रचलित कानुन विपरित भएको उल्लेख गर्दै महासचिव डा.संजिव तिवारीले विज्ञप्ति जारी गर्नुभएको छ ।

लामो समयदेखि निजामती कर्मचारी अस्पतालमा कार्यरत करार र ज्यालादारीका चिकित्सकहरूलाई उचित व्यवस्थापन गर्ने सम्झौता एकातिर गरि अर्कातिर खुल्ला विज्ञापन गरिएकोमा संघले आपत्ति जनाएको छ । अस्पतालले विभिन्न समयमा गरेको सम्झौता र निजामती अस्पताल (कर्मचारीहरूको सेवाका सर्त र सुविधा) बिनियमावलीको समेत विपरित विज्ञापन गरिएकोले अबिलम्ब उक्त विज्ञापन खारेज गरी त्यहाँ कार्यरत सबै स्वस्थ्यकर्मीहरूलाई स्वत: स्थ्यायी गर्न पनि संघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

 

त्यसैगरी नेपाल दृष्टि विशेषज्ञ संघका महासचिव दीपक कुमार शाहले जारी लोकसेवा आयोगका अध्यक्षको ध्यानाकर्ष गराउँदै नियममै नमिल्ने बिषयमा विज्ञापन गरिएको प्रति ध्यानाकर्ष भएको जनाएकोछ । त्यसैगरी रेडियोलोजिष्ट सोसाईटी, नेपाल नर्सिङ एशोसियसनले पनि आन्दोलनप्रति ऎक्यवद्धता जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्