सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मत्यु



एजेन्सी।

कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

सो हेलिकोप्टर राजधानी सहरमा नै दुर्घटना भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।

उनका अनुसार सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो।

यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्