ओली लक्षित नेपालको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ?



काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभा बै‌ठकलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको बताए । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले किन कसैसँगको सहकार्य हुन सकेको छैन भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।

‘प्रत्येक नेताले आफ्ना काम, व्यवहार र अभिव्यक्तिको समीक्षा गर्नुपर्छ, किन कसैसँगको सहकार्य हुन सकेको छैन ?’, नेपालले भने, ‘अहिलेको परिवेश उत्पन्न हुने कुरा पहिलो दोस्रो दिनमै आकलन गरेको थिएँ । राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं ।’

प्रतिक्रिया दिनुहोस्