प्रधानमन्त्रीलाई एमालेको प्रश्न- पुरानै गठबन्धनमा फर्किनु थियो भने पुस १० मा हामीसँग किन आएको ?



काठमाडौँ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा बोल्दै पौडेलले पुस १० गते गठबन्धन बन्नुको पृष्ठभूमि उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड अर्को दिनदेखि नै पुरानो गठबन्धनमा फर्किन खोजेको बताए।

‘तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा गर्न किन सहमत हुनुभयो?,’ पौडेलले भने,‘तपाईंले अहिले जवाफ नदिनु होला तर इतिहासले यो प्रश्नको जवाफ खोज्नेछ।’

एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने पौडेलको जिकिर थियो।

प्रचण्ड सरकारलाई विश्वासको मत दिनु पर्ने कुनै आधार र कारण नभएकाले एमालेले विश्वासको मत नदिने पौडेलले स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्