गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन : देउवा



काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प नभएको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अहिलेको प्रणालीले कुनै पनि दलले एकल बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए।

‘हामीले अपनाएको चुनावी प्रणालीमा कुनै एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था नभएकाले गठबन्धन गर्नुपरेको छ’, देउवाले भने, ‘त्यसैले हामी गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन।’

उनले गठबन्धनहरू क्षणिक र आत्मकेन्द्रित नभई स्थिरता, अमनचयन, शान्ति र विकासका लागि केन्द्रित हुन जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्