अमेरिकी डलरको भाउ स्थिर हुदाँ युरोको भाउ बढ्यो



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १४० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा तोकिएको छ। यसअघि आइतबार उक्त पाउण्डको खरिद १५९ रुपैयाँ ९६ पैसा र बिक्री १६० रुपैयाँ ६९ पैसामा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९४ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १७ पैसामा किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्