प्रधानमन्त्री प्रचण्डलाई ११ दलको समर्थन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट प्रविश्वासको मत लिँदैछन् । उनले संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकबाट उनले विश्वासको मत लिने संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिइसकेका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा लगायत ११ दलको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्