नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ आज



काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

उनले सोमबार विहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्ने भएका हुन् । यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको छ । पुनको कार्यकाल सकिएसँगै उपराष्ट्रपति पदमा भएको निर्वाचनमा यादव निर्वाचित भएका छन् ।

उनी जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपति पदका उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्