कलाकार संघको अध्यक्षमा निरौला सविन श्रेष्ठ महासचिव



पाल चलचित्र कलाकार संघको अध्यक्षमा पूर्वउपाध्यक्ष तथा फिल्म लेखक, निर्देशक एवं अभिनेता मोहन निरौला निर्वाचित भएका छन्। संघको शनिवार राजधानीमा सम्पन्न १९औँ चुनावी साधारण सभाबाट निरौला आप्mनो प्रतिद्वन्द्वी संघ पूर्ववरिष्ठ उपाध्यक्ष तथा अभिनेत्री रेजिना उपेतीलाई पछाडि पार्दै विजयी भएका हुन्। सात सयभन्दा बढी मतदाता कलाकार रहेको अधिवेशमा कुल चार सय ६८ मत खसेकोमा निरौला दुई सय ३५ मत प्रँप्त गरि विजयी भएका हुन्।

निरौला संघको स्थपाना कालदेखि नै सदस्य हुँदै चार कार्यकाल महासचिव तथा तीन कार्यकाल उपाध्यक्षको कार्यभार सम्हालेका थिए। अधिवेशनमा कविता गेलाल उपाध्यक्ष उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याई वरिष्ठ उपाध्यक्ष तथा शिवहरि नेपाल वैरागी दोस्रो बढी मत ल्याई उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनील कटुवाल विजयी भएका छन् भने पवित्रा आचार्य सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। संघको कार्यसमिति सदस्यमा भने शीतल केसी सर्वाधिक धेरै तीन सय दुई मत ल्याएर विजयी हुँदा अन्य सदस्यमा पुकार भट्टराई, गोपाल ढकाल छन्दे, उद्धवप्रसाद भट्टराई, पवन केसी, समीर लामा, नम्रता खरेल, खुश्बु खड्का, सरिता राधोपाध्याय र रोशन श्रेष्ठ निर्वाचित भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्