पशुपतिप्रसाद २ : भष्मे डन सुटिङ प्mलोरमा जाँदै



सात वर्षअघिको सुपरहिट सामाजिक फिल्म पशुपति प्रसादको चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण हुने फिल्म पशुपति प्रसाद २ : भष्मे डनको शुभ मुहूर्त गरिएको छ। हालै पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको हो। फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापामगरलगायतले अभिनय गर्नेछन्। आगामी १० गते सुटिङ प्mलोरमा जाने फिल्म खगेन्द्र लामिछानेले लेखेका छन् भने फिल्मको निर्माता पनि उनै हुन्।

तर, यसपटक उनी भने फिल्ममा देखिने छैनन्। टुकी आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा कृष्ण भारद्वाज र सुभाष भुसालको संगीत निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहनेछन्। फिल्म दशैंको फूलपातीबाट फिल्म प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ। यो सिक्वेल फिल्म पशुपति प्रसादमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन चरित्रमा केन्द्रित रहेर फिल्म बन्नेछ। फिल्म पशुपति मन्दिर वरपर सुटिङ गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्