
नवलपरासी।
पूर्वी नवलपरासीका ३ ओटा क्याम्पसमा आइतबार शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।
सदरमुकाम कावासोतीको १ हजार १ सय ८४ विद्यार्थी मतदाता रहेको मध्यविन्दु क्याम्पसमा ६ सय ६३ मत खसेको छ ।
यसैगरी कुमारवर्ती बहुमुखी क्याम्पसमा ५ सय ९१ मतदाता रहेकोमा २ सय ८१ जना विद्यार्थीले मत खसालेका थिए ।
यसरी नै देवचुली क्याम्पस रजहरमा ३ सय ८३ मध्ये २ सय ४५ जना विद्यार्थी मतदानमा सहभागी रहे ।
मतदान सकिएसँगै मध्यबिन्दु बहुमुखी क्याम्पसमा मतगणना कार्य सुरु भएको छ भने अन्यमा तयारी भइरहेको सम्बन्धित क्याम्पस प्रशासनले जनाएका छन् ।
स्ववियु निर्वाचन हुने सहमति भएका ८ क्याम्पस मध्ये एसपिएम कलेज,कालिका संस्कृत विद्या पीठ गैडाकाेट र अरूणखाेला बहुमुखी क्याम्पस अरूणखाेलामा यश अघि नै निर्वाचन सम्पन्न भई सकेको छ ।
नवजागरण बहुमुखी क्याम्पस चोर मारमा विद्यार्थी संगठन बीचकाे विवादका कारण निर्वाचन स्थगित भएको छ भने जनमुखी आदर्श क्याम्पस मा चैत १० गते निर्वाचन हुने मिति तय भएको छ ।