बहुमुखी क्याम्पसमा दुई हजार २२ मत खस्यो



भक्तपुर । 

स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा दुई हजार २२ मत खसेको छ । कुल चार हजार एक मतदाता भएको कलेजमा (५०.५३०) मत खसेको जनाइएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । मतगणना आज साँझबाटै गर्ने तयारी भइरहेको छ ।

क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले क्याम्पसमा विद्यार्थीहरूले उत्साहप्रद र साकारात्मकरुपमा सन्तुलित ब्यवहार गरेर प्रयोग गरेको बताए । विद्यार्थीको चाहना र अवाश्यकतालाई स्ववियुले प्रतिनिधित्व गरी विद्यार्थीहरुको हकहितका लागि कलेज प्रशासनलाई निर्वाचित स्व्वियु पदाधिकारीले घचघचाउने भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठूला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) संयुक्तले सयुक्त रुपमा प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यसबाहेक यहाँं नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदबारी दिएको छ । यसबाहेक राष्टिय प्रजातन्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले स्वतन्त्र रुपमा एकल उम्मेदबारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्