डुङ्गा दुर्घटनामा पाँचको मृत्यु



एजेन्सी । 

दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् । उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन् ।

आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन्  । उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।

प्रतिक्रिया दिनुहोस्