कांग्रेस सरकारमा सहभागी हुने



काठमाडौं । नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । केहीबेर अघि बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने उक्त समितिले निर्णय गरेको हो ।

प्रधानमन्त्रीले भोलि (सोमबार) संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसले प्रचण्डलाई विश्वासको मत पनि दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्