राजधानीमा छैटौं अन्तर्राष्ट्रिय महोत्सव जारी



विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भन्ने नाराका साथ काठमाडौंस्थित सिभिल मलबाट शुभारम्भ भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) राजधानीमा जारी छ। ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने महोत्सवमा ५० भन्दा बढी विदेशी फिल्मकर्मी सहभागी छन्।

भोलि सोमबारसम्म चल्ने महोत्सवको शुभारम्भ कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चीनका राजदूत छन् सोङ, अभिनेत्री वसुन्धरा भुसाल, निफका संयोजक यादव भट्टराई र निफका अध्यक्ष केपी पाठकले उक्त महोत्सव तथा नेपाली र अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका बारेमा चर्चा गरेका थिए।

महोत्सवअन्र्तगतका फिल्म क्यूएफएक्सद्वारा सञ्चालित चार सिनेमा हल काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लबिम मल तथा भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रदर्शन भइरहेका छन्। महोत्सवका सम्पूर्ण सेसन भने भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित भएका छन् ।छैटौ ंनिफको शुभारम्भ र अप्रतियोगी फिल्मका रूपमा बिहीबार के रिन शर्मा द्वारा निर्देशित फिल्म चरी प्रदर्शन गरिएको थियो। महोत्सवअन्र्तगत दोस्रो दिन शुक्रबार चिनियाँ फिल्मको कथा र भू–राजनीतिमा सिनेमाको प्रभाववारे बृहत् छलफल गरिएको छ। छोटा तथा डकुमेन्ट्री विधातर्फकी जुरी प्रमुख लि रानको मास्टर्स क्लास र भू–राजनीतिमा सिनेमाको भूमिका विषयक सेसन सम्पन्न भएको हो।

इन्टरनेसनल स्कुल अफ बेइजिङ फिल्म एकेडेमीकी डीनसमेत रहे की लि रान फिल्म मार्के टिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन्। उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन्। लि रानले आजको मास्टर्स क्लासमा आफ्ना अनुभव साट्दै सम्पूर्ण चिनियाँ फिल्म उद्योगले छोटो समयमा गरेको प्रगति विवरणसमेत सुनाइन्। त्यसैगरी, फिल्म निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याइच्याईं र प्रो.खड्ग केसी भुराजनीतिमा सिनेमाको भूमिका विषयक सेसनको वक्ताका रूपमा प्रस्तुत भए। ‘हाम्रो कुरा हामीले फिल्ममार्फत भन्न जानेनौँ। हामी जहिल्यै सगरमाथा, बुद्ध र कुमारी भनेर बस्यौं ।

तर, संसारले भने सिर्जना पस्किरहेको छ र आफूले चाहेको कुरा बेचिरहेको छ। २२औं राज्यको रूपमा सिक्किम बनेपछि भारतले डेनी डेनजोङपालाई हिरो बनायो। हिरो भनेको डेनीजस्तो हुन्छ र उसले हिन्दी बोल्छ भन्ने कुरा स्थापित गर्न यसो गरिएको थियो । उक्त सेसनमा प्रकाश सायमीले भने बोल्सेभिक क्रन्तिपछि रसियामा लेनिनले फिल्मलाई धेरै महत्व दिए। जसले संसारमा रसियन फिल्मलाई मात्र स्थापित गरेन उनीहरूका सोच र सिद्धान्त पनि सन्देशका रूपमा फिजाउन मद्दत ग¥यो। डा.लीला न्याइच्याईले संसारमै सबैभन्दा शक्तिशाली माध्यम मिडिया भएकाले सन्देश प्रवाहको यस माध्यमलाई सबैले प्रयोग गर्ने चर्चा गरिन्। कसै ले भनेको सुनेकी थिएँ, सिनेमा भनेको ध्वजावाहक फिल्मजस्तै हो।

अहिले बच्चाहरूले कि अंग्रेजी बोल्छन कि हिन्दी। नेपाली भाषा बोल्यो भने कम जान्ने र बुझ्ने भन्ने बुझ्न थालिएको छ। म आफ्नो मातृभाषा बोल्छु, तर लेख्न गाह्रो छ। मेरा बच्चाहरूलाई बोल्नै गाह्रो छ। यो अवस्था कसरी आयो मैले भन्नै पर्दैन, उनले भनिन्। प्रो. खड्ग केसीले फिल्मलाई सफ्ट पावरको संज्ञा दिए। सेलिब्रेटी पनि सफ्टपावर हुन्। भारतप्रति सकारात्मक बनाउन त्यहाँका से लिब्रेटीहरू सहायक सिद्ध हुँदै आएका छन्, उनले भने। महोत्सवको तेस्रो दिन शनिबार अशोक शर्मा, दीपाश्री निरौला, स्वस्तिमा खड्का र सुजित बिडारी हेर्दा हेर्दै कहाँ पुग्यौ ं? विषयक सेसनमा वक्ताका रूपमा प्रस्तुत भए भने भारतबाट सहभागी निफका जुरी प्रमुख प्रेमेन्द्र मजुम्दरले मास्टर क्लास सञ्चालन गरे।

प्रतिक्रिया दिनुहोस्