गायक सचिन अब अभिनेता पनि



लोकप्रिय गायक सचिन रौनियारले अब आपूmलाई अभिनेताको रूपमा पनि अघि बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत र त्यसको भिडियो मरिहत्ते हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। सन्तोष सुनारको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा सचिनस“गै अभिनेत्री नीता ढुंगानाले अभिनय गरेकी छन्। ‘निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो।

त्यसैले कथामा उपयुक्त देखिने भएपछि मैले अभिनय गरेको हुँ’ गायक रौनियारले कार्यक्रममा भने, ए मान्छे पछि डिजिटल समयमा कम्ब्याक भएको छ। आपूmलाई समयानुसार नै प्रस्तुत गर्दैछु । गायक रौनियारका छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आप्mनो मान्छेजस्ता गीतबाट लोकप्रिय छन्।

कार्यक्रममा अभिनेत्री ढुंगानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै सन्देश पनि दिने दाबी गरिन्। ‘गृहिणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’ उनले भनिन्। निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ। बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जन कथामा समेटिएको छ। भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्