मियामी ओपनमा जोकोभिचले खेल्ने अनिश्चित



लन्डन, (एजेन्सी) । विश्व नम्बर एक नोभाक जोकोभिचले मियामी ओपन टेनिस प्रतियोगितामा खेल्ने अनिश्चित भएको छ ।

२२ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले करोनाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेश गर्न विशेष अनुमतिका लागि निवेदन दिएका थिए । तर, अहिलेसम्म त्यसको जवाफ नआएकले प्रतियोगिता खेल्न नपाउने सम्भावना प्रबल बनेको छ । मियामी ओपन मार्च २३ देखि सुरु हुँदैछ ।

अमेरिकाले अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई खोप लगाउन अनिवार्य गरेको छ। खोप नलगाएकै कारण सर्वियन जोकोभिचले गत वर्षको युएस ओपन गुमाएका थिए । कोरोनाविरुद्धको खोप नलगाएकाले प्रवेश अनुमती नपाउँदा जोकोभिचले इन्डियन–वेल्स मार्टस टेनिस प्रतियोगिता पनि गुमाएका थिए ।

जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका कारण देश निकालमा परेपछि गत वर्षको अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । उनले कोरोना खोप लगाउनुको सट्टा ग्रान्डस्लामहरू छोड्ने बताउँदै आएका छन् । जोकोभिचलाई गएको जनवरीमा भने मेलबर्न प्रवेश अनुमती दिइएको थियो र उनले १० औं अस्ट्रेलियन ओपनको उपाधि जिल्दै राफेल नाडालको २२ ग्रान्डस्लाम जित्ने कीर्तिमानलाई बराबरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्