काठमाडौँमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु



काठमाडौँ।

तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका– ९ स्थित तिलगङ्गामा ना ३ ख ६०६४ नंको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेत गम्भीर घाइते भएकी थिइन् । उनको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्