तिलोत्तमा गोल्डकप बुटवलमा सुरु, आयोजकमाथि सुदूरपश्चिमको सहज जित घरेलुटोली बन्यो निराश



बुटवल। 

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता २०७९ शनिवार देखि बुटवलमा  सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलबाट नै आयोजक करेन्ट रुपन्देही ११ बाहिरिएको छ ।  सुदूरपश्चिम ११ ले आयोजकलाई ३ एक गोलको सहज जित निकाल्दै सुदूर पश्चिम ११  सेमिफाइनल पुगेको छ ।आयोजक रुपन्देही ११ उद्घाटन खेलबाट बाहिरेसँगै  घरेलु टिमलाई हौसला दिन मैदान पुगेकाहरु निराश भएका थिए ।

खेल सुरु भएको ३१ मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका हुन ।

थारुले, दोस्रो हाफको २३ औँ मिनेट  पुन आफ्नो तर्फबाट दोस्रो र निर्णायक गोल गरेका हुन । त्यस्तै दोस्रो हाफको पहिलो मिनेटमै स्वम्य भण्डारीले सुदूर पश्चिमाञ्चलका लागि गोल गरेका हुन् । प्रतियोगितामा आयोजकका लागि  खेलको ईन्जुरीसमयमा पाएको पेनाल्टीलाई सदुपयोग गदै आयोजकले सहानुभूती गोल विदेश खेलाडी फोडे फोफोनाले  गरेका हुन । खेलमा सुदूरपश्चिम ११का फाल्गुनराम थारु  म्यानअफदी म्याच घोषित हुँदै पुरस्कृत भएका हुन ।

प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसअघि प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नु भएको हो । आइतबारको खेल हिमालय शेर्पा र थ्रिस्टार क्लबका बीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्