मौलिक फिल्मका प्रणेता प्रतापको अवशान



र्जिलिङमा जन्मेर जीवनभर नेपाली फिल्म तथा कला क्षेत्रको सेवा गर्दै आएका ख्यातिप्र ाप्त फिल्म निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन्। सुब्बा बिहीबार ७९ वर्षको उमेरमा भारतको सिलगढीस्थित एक अस्पतालमा अन्तिम श्वास लिई यो धर्तीबाट सधैंका लागि बिदा भएका छन्। उपचारकै क्रममा उनको निधन भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

२००३ सालमा दार्जिलिङमा जन्मिएका उनले स्नातकसम्मको अध्ययनपछि बंगाली भाषाको पहाडी हात छानीबाट निर्देशकीय यात्रा शुरु गरेका थिए। सोही बेलादेखि बंगाली तथा नेपाली भाषाका नाटकमार्फत उनले रंगमञ्चमा सक्रियता देखाएका थिए। निर्देशकका रूपमा रातको प्रथम प्रहरजस्तो नाटक तयार पारी दार्जिलिङ र नेपालमा सफल मञ्चन गरिसकेपछि प्रतापले नेपाली फिल्म क्षेत्रलाई परालको आगोजस्तो बलियो फिल्म दिएका थिए।

साहित्यकार स्व. गुरुप्रसाद मैनालीद्वारा लिखित परालको आगोजस्तो सामाजिक कथालाई मौलिक शैलीमा प्रस्तुत गर्दै प्रतापले फिल्मको रुप दिएका थिए। २०३४ सालमा बनेको परालको आगोमार्पmत सुब्बाले आप्mनो उच्चतम निर्देशकीय क्षमताको प्रदर्शन गरी हाईहाई कमाएका थिए।

मुस्किलले वर्षको एक दुई फिल्म बन्ने त्यो जमानामै उनले सो फिल्मबाट प्रशंसा मात्र कमाएनन्, फिल्मले समीक्षात्मकरूपमा सफलता हासिल गर्नुका साथै राम्रो व्यापारसमेत गरेको थियो। श्यामश्वेत प्रविधिमा बनेको परालको आगोमा उनले देखाएको निर्देशकीय खुबीकै कारण उनलाई मौलिक नेपाली फिल्म निर्देशकको प्रणेतासमेत मानिन्छ। उनले सोही फिल्मबाट पहिलोपटक नेपाल बाहिर अर्थात् भारतको दार्जिलिङमा रहेर नेपाली फिल्म निर्देशन र निर्मँण गरेका थिए।

नेपाली फिल्मलाई लेखनअनुरूप जस्ताको तस्तै मौलिक, मार्मिक र रोचक ढंगले नेपाली परिवेशसँग मिलाएर सहज र सरल ढंगले निर्देशन गर्ने खुबी बोकेको उनले परालको आगोभन्दा अघि पनि एक फिल्म बनाउने प्रयास गरेका थिए। तर, निर्माताहरूको लापरवाहीका कारण उनीहरूको लगानी बालुवामा पानी हुन पुग्यो भने सुब्बाको मेहनत पनि त्यसै खेर जान पुग्यो। नेपालमा नेपाली फिल्म निर्माणको सुरुवात भएपछि नेपाल बाहिर खासगरी भारतबाट पनि नेपाली फिल्म निर्माण प्रयासको क्रम शुरु भएको थियो।

त्यसमा लेखक तथा निर्देशक सुब्बाल अग्रणी भूमिका खेलेका थिए। नेपालमा नेपाली कलाकारलाई नै लिएर आमा बने पछि निर्देशक सुब्बाले दार्जिलिङबाटै नेपाली फिल्म बनाउने कोशिस गरेका थिए। उनले इन्द्रबहादुर राईको कथामा सपना कतिपय नामक फिल्मको निर्माण कार्य शुरु गरेका थिए। तर, निर्माणकै क्रममा निर्माताहरूको लापरबाहीका कारण त्यसको रिल जलेर ध्वस्त भएपछि सो फिल्म पूरा हुन सकेन।

त्यसको केही समयपछि उनले परालको आगो बनाएका थिए। जसमा उनले दार्जिलिङको रंगमञ्चका चर्चित कलाकार टंक शर्मा नेपालको रंगमञ्चकी चर्चित कलाकार वसुन्धरा भुसाललाई नायक नायिकाका रूपमा अघि सारेका थिए। यही फिल्मबाट प्रतापले शान्ति ठटाललाई पहिलो महिला संगीतकारका रूपमा अघि सारेका थिए।

नेपाली मूलका पहिलो भारतीय निर्देशकसमेत रहेका सुब्बाले २०३९ सालमा बाँच्न चाहनेहरू नामक भिडियो फिल्म निर्देशन गरेका थिए। फिल्म र टेलिफिल्म निर्माणका लागि नेपाल र दार्जलिङ ओहोर दोहोर गरिराख्ने प्रतपाले त्यसपछि २०३४ सालमा परालको आगो, २०४२ सालमा मसाल, २०४५ सालमा कहीं उज्यालो कहीं अँध्यारोजस्ता फिल्म दार्जिलिङमा नै रहेर निर्देशन गरेका थिए।

तर, उनी स्वयंले लेखन कार्यसमेत गरेका ती फिल्म विविध कारणवश परालको आगोजस्तो सफल हुन सकेनन्। ती फिल्मले व्यावसायिकरूपमा सफलता हासिल गर्न नसकेपछि टेलिफिल्म निर्माण गर्ने ध्येयले प्रताप काठमाडौं आए।

अध्ययनका लागि नेपालबाट दार्जिलिङमा पुगेका अभिनेता नीर शाहलाई प्रतापले आपूmद्वारा निर्मित छोटो फिल्म पोनी ब्वाईमा अभिनयमा ब्रेक दिएका थिए। त्यस बखत प्रतापले ब्रेक दिएको नीर शाह नेपाल टेलिभिजनको महाप्रबन्धक थिए। शाहकै सहयोगले प्रतापले केही टेलिफिल्म निर्देशन गरे।

परालको आगोजस्तो पति पत्नीको झगडामा आधारित मौलिक र सामाजिक फिल्म बनाएर वाहवाह कमाएका प्रतापले व्यावसायिक फिल्म पनि निर्देशन गरेर सफलता चुमेर देखाइदिए। जसबाट उनले आपूmलाई फरक–फरक धारको फिल्म निर्देशनमा सफल सावित गरिदिए।

उनले दिदी, चट्याङ, भीष्मप्रतिज्ञाजस्ता फिल्मको लेखन र निर्देशन कार्य गरे। ती फिल्म व्यावसायिक रूपमा सफल भए। ती फिल्ममा उनले नयाँ–नयाँ कलाकार र संगीतकारलाई ब्रेकपनि दिए। नेपालमा लामो समय बसेर नेपाली कला जगतका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतापले काठमाडौंमा डायमन्ड एक्टिङ इन्स्टिच्युट र सिने युनिभर्स समेत सञ्चालन गरी अभिनय, नृत्य, छायांकन, निर्देशन, लेखनजस्ता विभिन्न विधाका दर्ज नाै कलाकर्मी उत्पादन गरेका थिए।

उनीबाट अभिनय र निर्देशनको सीप सिकेका थुप्रै चेला आज पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय र सफल छन्। भीष्मप्रतिज्ञापछि भने प्रताप दार्जिलिङ फर्किएका थिए। दार्जिलिङ फर्केपछि पनि उनलाई विभिन्न फिल्म निर्देशनका लागि काठमाडौं बोलाइएको थियो। तीमध्ये उनको निर्देशनमा सिमलको पूmल नामक फिल्म निर्माण गर्ने पक्का पक्कीजस्तै भइसके पनि अन्तिममा आएर विविध कारणवश शो फिल्म निर्माण हुन सकेन।

दार्जिलिङ फर्किएपछि पनि उनले त्यहाँका सरकारी निकायका लागि वृत्तचित्र निर्माण गर्दै आएका थिए। पछिल्लो समय उनी गत वर्षको निफ फिल्म फेस्टिभलमा सहभाग्ी हुन काठमाडौं आएका थिए भने विभिन्न समयमा काठमाडौं आउने जाने चलिरहेको थियो।

प्रतापको निर्देशनमा २५ वर्षअघि नेपाल टेलिभिजनमार्फत प्रसारणमा आएको चर्चित टेलिफिल्म देवता गत वर्ष मात्र वेब सिरिजका रूपमा युट्युबमा रिलिज भएको थियो। स्व. प्रकाश कोविदको उपन्यास देवतामा आधारित उक्त टेलिफिल्म भारतको सिक्किम र दार्जिलिङको रमणीय स्थलमा छायांकन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्