उडिरहेको विमानमा यात्रुको मृत्यु भएपछि …



काठमाडौँ।

उडिरहेको भारतीय निजी वायुसेवाको विमानमा यात्रुको मृत्यु भएपछि उक्त विमानलले आकस्मिक अवतरण गरेको छ।

दिल्लीबाट सोमबार दोहाका लागि उडेको इन्डिगो विमानमा उडानकै क्रममा उक्त दुःखद घटना भएपछि विमानलाई पाकिस्तानमा आकस्मिक अवतरण गरिएको हो।

विमानमा मृत्यु भएका नागरिक नाइजिरियाका भएको बताइएको छ ।

पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर अवतरण अनुमति मागेका थिए । कराचीमा विमानस्थलले उक्त अनुमति दिएको थियो।

कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गरेको थियो।

विमानचालकले ६० वर्षे ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जानकारी दिएको बीबीसीले जनाएको छ।

इन्डिगोको उक्त विमानमा १६३ यात्रु सवार थिए।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्