पुनलार्भ परियोजना अन्तर्गत चार स्थानीय तहमा १७ घर बनाइँदै 

बेसीशहर र मर्स्याङदीमा चार घर निमार्ण सम्पन्न



लमजुङ । 

जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ ।

परियोजना अन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुन निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्र्याङदी गाउँपालिकामा सञ्चालित परियोजना अन्तर्गत हालसम्म चार वटा घर निर्माण सम्पन्न भएको लमजुङ पनर्लाभ परियोजनका कार्यक्रम संयोजक हेमराज बिमलीले बताउनुभयो ।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई-दुई वटा घरको निमार्ण कार्य सम्पन्न भएको हो ।
परियोजना अन्तर्गत निमार्ण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ । १३ लाख ५४ हजार तिन सय ६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निमार्ण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताउनु भयो ।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौ वटा र बेसीशहरमा पाँच वटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । जस मध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ तिन करोड १४लाख आठ हजार आठ सय ९५ रुपैयाँ खर्च भएको छ भने डकर्मी तालिममा ३१ हजार दुई सय ८० रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ । त्यसै गरी विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन प्रक्रिया र गतिविधिहरूमा सम्बन्धित सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिममा ४ लाख ८१हजार ७ सय ७७ रुपैयाँ, सामुदायिक स्तरमा जोखिम सञ्चार तथा पूर्व तयारीका लागि परिदृश्यमा आधारित कृत्रिम घटना अभ्यासमा ६ लाख ४५ हजार ६ सय १७ रुपैयाँ, पालिका स्तरमा विपद् उत्थानशील कार्य ढाँचा निर्माणमा ७ लाख ५९ हजार २३ रुपैयाँ, जीविकोपार्जनका लागि आवश्यक सामग्री सहयोगमा २९ लाख ७७ हजार ६ सय ४१, क्षमता अभिवृद्धिको लागि तालिममा ३ लाख ४३ हजार ६ सय ४८, वित्तीय व्यवस्थापन सम्बन्धी तालिममा २ लाख ६ हजार २ सय ९८ रुपैयाँ खर्च भएको  परियोजना संयोजक बिमलीले बताउनुभयो ।

संस्थाले घर निर्माण पश्चात बाख्राको खोर र शौचालय पनि निर्माण गरिने जुटिए अनिता अधिकरले जानकारी दिनुभयो । उहाँका अनुसार बाख्रा खोर निर्माणका लागि संस्थाको २२ हजार र व्यक्तिको २१ हजारमा निमार्ण गरिने भएको छ भने सौचालय निर्माणका लागि भने मर्स्याङदी गाउँपालिका र बेसीशहर नगरपालिकाले १५÷१५ हजार दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्