नवीन किशोरको टिकुली रमेशको स्वरमा



गायक तथा सर्जक नवीनकिशोर राईले २०२८ सालमा बनाएको टिकुली ट्याक बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ।
५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतको भिडियो हालै राजधानीमा प्रिमियर गरिएको छ। प्रसाईंले स्वर भरेको गीतमा राईकै शब्द रचना र संगीत छ।

गीतको निर्माण भिडियो निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले गरेका हुन्। गायक राईसँग अनुमति लिएर रमेश प्रसाईको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले जानकारी गराए। एक सयभन्दा बढी गीत गाएका राईको टिकुली ट्याक पहिलो गीत हो। कार्यक्रममा राईले आफू अहिले ८० बर्ष पुगेको र स्वास्थ्यले साथ नदिएपछि ३० वर्षअघि नै गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए।

सञ्चारकर्मी गोपिकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा भिडियोबाट हुने आम्दानीको केहि प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपालका लागि जाने निर्देशक आचार्यले जानकारी गराए। गीतको भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे र गरिमा शर्माले अभिनय गरेका छन्। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्