संचारकर्मी सापकोटाको अर्को म्युजिक भिडियो सार्वजनिक



काभ्रे । 

संचारकर्मी एवं अधिवक्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती कुशादेवी निवासी सरिता सापकोटाको शब्द रचना रहेको जाने भए जाऊ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यस अघि सापकोटाकै शब्द रचनामा पाँच वटा गीत रेकर्ड भएका छन् ।

सापकोटाको शब्द तथा रुपक डोटेलको स्वर रहेको म्युजिक भिडियो ‘जाने भए जाऊ’ ‘फाइभ स्टार्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज चौलागाईंको संगीत रहेको उक्त गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् । पनौतीमै छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।

म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेले अभिनय गरेका छन् । संचारकर्मी तथा अधिवक्ता सापकोटाले रचना गरेको पहिलो गीत  ‘तिम्रो तस्बिर’ हो ।

उक्त गीतमा युवा गायक प्रताप दासले स्वर दिएका थिए । म्युजिक भिडियो ५ मिनेट २७ सेकेण्डको छ । युवा अवस्थाको प्रेम, सम्पत्ति तथा अनुभूति रहेको उक्त म्युजिक भिडियोले धोका पाए पछि फर्केर नआऊ भन्दै पीडा पोखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्