संगीतकर्मी र पत्रकारलाई सम्मान र पुरस्कार



राजधानीमा हुने दशौं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पा“च मनोयनमा पर्न सफल संगीतकर्मी र गीत संगीतलाई हालै काठमाडौंमा सम्पन्न एक समारोहबीच ४० विधामा मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ।

पूर्व उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिध्र्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अवार्डका अध्यक्ष सुमन वैरागीले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको जनाए। अवार्डका निर्देशक मिलन मोक्तानको सभापतित्वमा सञ्चारकर्मी सरोज कोइरालाद्वारा सञ्चालित कार्यक्रममा मालिका केशरी म्युजिक खबर साहित्य सम्मान, चित्रकार सुमिना श्रेष्ठ कला सम्मान, नेमिष गौतम र राजु बोहरा विशेष पत्रकारिता सम्मान तथा एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो।

सो अवसरमा अवार्ड समारोहमा अग्रज गायिका तीर्थ कुमारी थापालाई म्युजिक खबर दीर्घ साधना सम्मान, गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई दशकको सम्मान, गायिका मनीषा पोखरेललाई युवा प्रतिभा पुरस्कार, लोकगायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान, गीतकारद्वय राम अविरल र रामचन्द्र ढकाललाई संगीत सम्मान, गायिका आयुषा गौतमलाई म्युजिक खबर बालप्रतिभा सम्मान तथा सानुकाजी श्रेष्ठ र चन्द्रमणि गौतमलाई पत्रकारिता सम्मानबाट सम्मानित गरिने आयोजक बैरागीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्