बहावको यो मनरोग



कमलमणि नेपाल र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बहावको पहिलो गीत यो मनरोग हालै सार्वजनिक गरिएको छ। गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द रचना र सुशान्त गौतमको संगीत रहेको छ। गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ। उनलाई गीतको भावअनुसार प्रस्तुत गरिएको छ। गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक प्रमोद कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए। बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो। यसमा सुरक्षा र कमलमणिबीचको अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौँ, उनले भने।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा श्रीधर पौडेलले निर्माण गरेको फिल्म आगामी चैत २४ गते रिलिज हुँदैछ। अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा फिल्ममा देखाइएको बताइन्। निर्माता पौडेलले आफ्नो स्वन्त्रता आफंैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा बहावमा रहेको जनाए।

फिल्ममा सुरक्षा र कमलमणिसँगै, अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् भने वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्